Admission Open

राजेश पायलको स्वर, अम्बरको संगीतमा ‘खुशीका मुहान’ सार्वजनिक

( भिडियो )

काठमाडौं  : लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको ‘खुशीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ।  गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथामा तयार पारिएको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्।

बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन्। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा  तयार पारिएको हो।  भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’ मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...