Admission Open

खोटाङका जंगलमा भिषण डढेलो

चार घर र एक बाख्रा फार्म जलेर नष्ट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १५ विजयखर्कस्थित ३ वटा सामुदायिक वनमा सल्किएको डढेलो फैलिएर गाउँसम्म पस्दा विजयखर्क बसेरीका चार घर र एक बाख्रा फार्म जलेर नष्टभएको छ।

स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनबाट शुरु भएको डढेलो फैलँदै गाउँसम्म पुगेपछि उक्त विनास भएको हो । घरमा डढेलो लाग्दा घरमा कोही नभएकोले मानवीय क्षती भने नभएको स्थानीयले जनाएका छन् । घरभित्र भएका मालसामान र भाँडाकुँडा भने स्थानीयको सक्रियताले जोगिएका छन् ।
डढेलो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रभावित क्षेत्र पुगेर डढेलो नियन्त्रणमा खटिएका छन् ।
डढेलो नियन्त्रण गर्न चम्पावती मावि बुइपाका विद्यार्थी र शिक्षकहरुसमेत आएका थिए । क्षतिको विस्तृत विवरण भने आउन बाँकनै छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...