Admission Open

ad place

भोटेकोशी बाढीमा आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइँदै


काठमाडौँ : भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक मनाएको छ। बाढीमा घरसहित मानिस बगेका छन् भने कतिपयको शवसमेत पूर्ण अवस्थामा फेला पर्न सकेको छैन। केही शव टुक्राटुक्रा अवस्थामा भेटिएकाले पहिचानमा समेत समस्या भइरहेको प्रहरीले जनाएको छ।

रसुवादेखि पश्चिम नवलपरासीसम्म प्रभाव पारेको बाढी भारतसम्म पुगेको छ। बाढीमा बेपत्ता नेपाली नागरिकका शव भारतमा समेत भेटिएका छन्। उद्धार, खोजी तथा राहतको काम जारी रहे पनि थप विपद्को जोखिम भने कायमै छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबार बाढी गएको तेह्रौँ दिन राष्ट्रिय शोक मनाइएको छ। देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ।

यसैबीच सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत वर्षको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सरकारले सहिद घोषणा गर्दै उक्त दिनलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

तर, देश गम्भीर प्राकृतिक विपद्बाट गुज्रिरहेका बेला सरकारको प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ। नागरिकलाई तत्काल उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण आवश्यक भइरहेका बेला राष्ट्रिय शोकपछि सार्वजनिक बिदा र संघीय संसद् परिसरमा जेनजी पार्क निर्माणजस्ता विषयले सरकारको प्राथमिकतामाथि बहस निम्त्याएको छ।

विपद्का बेला सरकारको मुख्य ध्यान पीडितको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने आवाज बढिरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...