Admission Open

नयाँ शैक्षिकसत्र शुरु हुनुअघि ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

भक्तपुर : जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।

चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको र आजदेखि सोलुखुम्बु, बाँके र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको उनले बताए ।

कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताएका छन् ।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको उनको भनाई छ ।

दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...