Admission Open

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड  आज  हुने

काठमाडौँ,२४ माघ : एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)”  बन्दमुखी योजनाको इकाई बाँडफाड आज गरिने भएको छ ।

उक्त योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु. १०/– दरमा मिति २०८०/१०/०२ गते देखि मिति २०८०/१०/१६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको २०८०/१०/२४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...