Admission Open

ad place

एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता शेयरका लागि आवेदन


काठमाडौँ, १२ माघ : श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु.१०/– दरमा मिति २०८०/१०/०२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा आज शुक्रवार दिउसो १२ः३० बजेसम्ममा ३५,३३५ जना आवेदकहरुद्वारा ७८५,८१,५२० इकाई खरिदका लागि आवेदन प्राप्त भएकोमा ३,८५७ जना आवेदन मार्फत शेयर खरिदका लागि माग भएको १,३०,६०,८७० इकाईहरु रद्द भएको छन् ।

यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...