Admission Open

प्रिमियम लुक्स र आकर्षक मुल्य भएकोले मैले सिट्रोन नै रोजे : अजय श्रेष्ठ


सरकारले विद्युतीय गाडीमा लाग्ने कर घटाएसंगै नेपालमा विद्युतीय गाडी किन्न खोज्नेहरुको लर्को लामो नै छ । अहिले बजारमा १५ लाखदेखि २.५ करोडसम्मका विद्युतीय गाडीहरु उपलब्ध रहको छन् । यसै सन्दर्भमा भर्खरै सिट्रोनको इ सि ३ खरिद गर्नुभएका श्री सिद्धी अन्टर्प्राइजेज र जे.एस्. युनिफर्म्सका प्रोप्राइटर श्री अजय श्रेष्ठज्यूसँग गरिएको कुराकानीको संक्षिप्त अंश ः

के कारणले गर्दा तपाईंले सिट्रोन नै रोज्नुभयो ?

यसको प्रिमियम लुक्सले गर्दा, भित्र र बाहिर दुबैतिर प्रिमियम लुक्स हुनुको साथै गाडीभित्र स्पेस पनि ठूलो छ । नेपालको रोडको लागि यसको ग्राउन्ड क्लियरेन्स एकदमै राम्रो छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा चाँहि यो बजेटमा प्रिमियम लुक्स पाउने गाडी भनेको इ सि ३ मात्र हो ।

सिट्रोनमा तपाईंलाई सबैभन्दा मनपरेको सुविधा वा डिजाइन फिचर के हो ?

कार धेरै फराकिलो छ । यसको एसयुभी लुक्स र आरामदायी सिट, अनि यसको इन्फोटेन्मेन्ट सिस्टम पनि मलाई एकदमै मन प¥यो ।

अरु कार ड्राइभ गर्दा र सिट्रोन ड्राइभ गर्दा के फरक महसुस गर्नुभयो ?

यो गाडी चलाउन धेरै स्मुथ छ । ह्यान्डलिङ पनि धेरै सजिलो र आरामदायक छ । फुल्लि अटोम्याटिक भएकाले ड्राइभ गर्न पनि सिट्रोन इ सि ३ मा निकै सहज हुन्छ । सिट्रोनको परफर्म्नेस र टर्क जेनेरेसन पनि धेरै राम्रो छ । फ्रेन्च डीएनए भएको यो सिट्रोन इ सि ३ ले आकर्षक बजेटमा विश्वासिलो र लक्जरी ड्राइभिङ अनुभव प्रदान गर्दछ । सिट्रोन इ सि ३ भ्यालु फर मनी गाडी हो ।

तपाइँलाइ सिट्रोनको ड्राइभिङ पर्फमेन्स र ह्यान्डलिङ कस्तो लाग्यो ?

यसको ड्राइभिङ र ह्यान्डलिङ धेरै सजिलो छ । विभिन्न प्राक्टिकल रिजनले गर्दा दाबी गरे अनुसारको रेन्ज पाउन गाह्रो भएपनि सिंगल चार्जले २३०–२६० कि.मीको रेन्ज दिन्छ जुन अहिलेको सन्दर्भमा यो बजेटले दिने मध्य सबैभन्दा लङ रेन्ज हो । त्यसैले मैले अहिलेसम्म डाँडाकाँडा वा अफरोड ड्राइभिङमा कुनै समस्याको सामना गर्नुपरेको छैन ।

सिट्रोनको कुनै सेफ्टी फिचरहरू जुन तपाइँलाइ विशेष लाग्यो ?

सिट बेल्ट नबाँधेसम्म र सबै ढोकाहरू राम्ररी बन्द नगरेसम्म यो गाडी अगाडी नै बढ्दैन । जुन सुरक्षाको हिसाबले एकदमै राम्रो हो । त्यस्तै सिट्रोन इ सि ३ को सिग्नल र वार्निङहरु पनि एकदम स्पष्ट छ ।

सिट्रोनको बारेमा तपाईंले आफ्नो साथी भाई र परिवारबाट कस्तो प्रतिक्रिया प्राप्त गर्नुभयो ?

मेरो सबै परिवार र साथीहरु सबैलाई सिट्रोनको इ सि ३ निकै मन परेको छ, किनकि यसमा पर्याप्त स्पेस छ, लेग रुम पनि मज्जाको छ । त्यस्तै पर्सनल बोतल होल्डर, चार्जिङ पोर्ट पनि छ । साथै सिट्रोनमा ड्राइभिङ गर्दा संगीतको आनन्द पनि लिन पाइन्छ । साउन्ड सिस्टम पनि गुणस्तरीय भएकोले सिट्रोन इ सि ३ मा ड्राइभ गर्दै म्युजिक सुन्न उनीहरुलाई खुब मनपर्छ ।

अन्य सवारी साधनहरूको तुलनामा सिट्रोनको मर्मत खर्च तपाईंलाई कस्तो लाग्यो ? सिट्रोन चलाउन थालेपछि तपाईंको इन्धन खर्चमा केही परिवर्तन आएको छ ?

खर्चमा त मैले धेरै ठुलो भिन्नता पाएको छु । पेट्रोलको खर्च त यसै पनि बचत हुनै नै भइहाल्यो । मैले सिट्रोनको इ सि ३ मा लगभग ९,००० कि.मी यात्रा गरिसकेँ । अहिलेसम्म मर्मतमा मैले केही खर्च गर्नुपरेको छैन । पहिला पेट्रोल कारमा १ किलोमिटर रेन्जको लागि १२–१५ रुपैयाँ खर्च हुन्थ्यो भने अहिले प्रति कि.मि मूल्य जम्मा १ रुपैयाँमात्र हुन्छ । म अहिले दैनिक लगभग १०० कि.मी जति यात्रा गर्छु । मेरो अहिले इन्धन खर्चमा मात्र प्रति महिना ३०–३५ हजार जति बचत भइरहेको छ । यदि कसैले इएमआइमा गाडी किन्ने योजना बनाइरहनुभएको छ भने त पेट्रोल खर्चले नै तपाइँको इएमआइ पनि कभर गर्छ ।

सिट्रोनको ग्राहक सेवा वा डिलरशिप सपोर्ट सम्बन्धि तपाईंको अनुभव कस्तो छ ?

म सिट्रोनको ग्राहक सेवादेखि निकै सन्तुष्ट छु । त्यहाँ जाँदा मलाई रमाइलो लाग्छ । त्यहाँको सबैभन्दा मनपर्ने पक्ष भनेको उनीहरुले म्यानिपुलेट गर्न खोज्दैनन् र गाडी किन्न बाध्य पनि पार्दैनन् । सर्भिस सेन्टरको स्टाफहरु पनि उत्तिकै सहयोगी छन् र आवश्यकता पर्दा मद्दत गर्न तयार हुन्छन् ।

के तपाईं नयाँ गाडी किन्ने सोचमा रहेका परिवार वा साथीभाईलाई सिट्रोन किन्न सुझाव दिनुहुन्छ ? किन ?

आवश्यक सुविधासहितको बजेट इभी भएकाले म नयाँ इभी किन्ने सोचमा रहेका परिवार वा साथीभाईलाई सिट्रोन नै किन्न सुझाव दिन्छु किनकी यो बजेटमा आवश्यक सबै फिचर भएको र प्रिमियम लुक्स भएको इभी यही नै हो । यही पैसामा अझै धेरै फिचर भएको अरु इभीहरु पनि आउलान् तर पैसाको कुरा गर्दा पनि यो मुल्य एकदमै रिजनेबल छ । त्यस्तै काठमाडौं नजिकै रोड ट्रिपमा जान र फ्यमिली इभी खोजी रहनुभएकोहरुको लागि यो पर्फेक्ट इभी हो ।

समग्रमा भन्नुपर्दा सिट्रोन चलाउँदाको तपाईंको अनुभव कस्तो छ ?

मलाई सिट्रोन ड्राइभ गर्न रमाइलो लाग्छ । यो चलाउन धेरै सजिलो र सुविधाजनक छ । आफ्नै देशको विद्युत प्रयोग गरेर आफ्नो दैनिक काम गर्न सकेको छु, यो सोच्दा त झनै गर्व महसुस हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...