Admission Open

ad place

एनआईसी एशिया लघुबित्त इटहरा शाखाद्वारा प्रहरी चौकीलाई फलैंचा हस्तान्तरण

इटहरा : मोरंगको रतुवामाई नगरपालिका – ९ मा रहेको एनआइसी एशिया लघुबित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरी चौकीमा एक कार्यक्रमकाकीच सो फलैचा हस्तान्तरण गरिएको हो । त्यसै गरि सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसि एसिया लद्युबित्त वित्तीय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारी लम्सालले यस प्रकारको सामाजिक कार्य आफनो संस्थाले पहिलो पटक गरेको नभई यस अगाडि पनि गर्दै आएको बताए । कोरोना महामारीका बेला सदस्यहरुलाई निशुल्क मास्क र सेनिटाइजर बितरण गरेको कुरा मल्सालले स्मरण गराए । उनले बिपन्न परिवारलाई कम्मल बितरण जस्ता बिपन्नमुखि कार्यक्रम हरु सञ्चालन गरिसकेको बताउदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरु अझ प्रभाबकारी ढंग बाट सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरि चौकिका इन्चार्ज राम कुमार माझिले एनआईसी एसिया प्रति आभार प्रकट गरे । छलफलमा आएका सर्बसाधरणलाई बस्न ठाउ अभाब भैरहेका बेला एनआई एसियाले बितरण गरेको फलैचाले थप टेवा पुग्ने उहाको बिश्वास छ। उक्त कार्यक्रममा सहभागि बक्ताहरुले एनआईसी एशियाको कार्यको प्रसंसा गरेका थिए ।

कार्यक्रम इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई ९ का वडा अध्यक्ष ईन्द्र बहादुर लिम्बु, वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकीका इन्चार्ज राम कुमार माझि लगायत प्रहरी जवानहरु, रतुवामाइ मानब अधिकार समुहका अध्यक्ष तेजप्रसाद भण्डारी लगायत सहभागी थिए ।

टिप्पणिहरु
Loading...