काठमाडौँ, २७ भदौ / बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।