Admission Open

ad place

पोखरा रोयलको नाफा ७ करोड ७५ लाख

पोखरा / पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४२ आम्दानी गरि २३ करोड ६७ लाख खर्च भई ७ करोड ७५ लाख सञ्चालन बचत (नाफा) आर्जन गर्न सफल भएको छ ।

यो नाफा गत वर्षको तुलनामा १९.६० ले वृद्धि भएको हो । हाल सहकारीमा २७ प्रतिशत (४४ करोड २५ लाख) तरलता कायम रहेको छ । संस्थामा हाल ८ हजार ७ सय ९७ जना सदस्य, २१ करोड शेयर पुँजी, १ अर्व ६४ करोड निक्षेप बचत, १ अर्व ७६ करोड ऋण लगानी, शुद्ध संस्थागत पुँजी ८.१७ प्रतिशत (१८ करोड ७० लाख), ऋण जोखिम कोषमा ८ करो ५० लाख (१००, ३५ र १ प्रतिशत) व्यवस्थापन गरेको छ भने कुल वासलात २ अर्ब २८ करोड पुगेको छ ।

प्रतिस्पर्धी वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थाले केहि वर्षदेखि विधुतीय सेवालाई तीव्रताका साथ सदस्य माझ पु¥याईरहेको छ । हाल संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ सेवा, एस एम एस सेवा, र क्यू आर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गर्दै सहज र सरल वित्तीय सेवा गाँउ गाँउमा पु¥याईरहेको छ ।

संस्थाले नियमित रुपमा सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान र सामुदायिक हितका दर्जनौ कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हाल संस्थाको कास्की, तनहुँ, स्याँङ्गजा, पर्वत र लमजुङ्ग गरि ५ जिल्ला कार्यक्षेत्र कायम छ भने बुद्धचोक पोखरा कास्की, दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्कीमा कार्यालयहरु सञ्चालनमा रहेका छन् । चालु वर्ष संस्थाले युवा र स्वयंसेवी सदस्यहरुलाई परिचालन गर्दै सदस्य र समुदाय केन्द्रित १०० गतिविधी सञ्चालन गर्ने सूचना अधिकारी मीलन ढकालले बताए ।

टिप्पणिहरु
Loading...