Admission Open

बजाजको नयाँँशार्पर द्यानएभर पल्सर एनएस २०० अपसाइड डाउन र एनएस १६० अपसाइड डाउन बजारमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.(गोल्छा ग्र्रुप)ले नयाँ पल्सर NS 200 र NS 160 सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ ।

गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हाम्रा दुई नयाँ बाइकहरू पल्सर NS 200  र पल्सर NS 160 बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ ।″

नयाँ पल्सर NS 200 USD एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने तपाईंको जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर NS 200 मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक BSVI इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

पल्सर NS 200 USD ले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिंग प्रदान गर्दछ ।

पावर–प्याक्ड र रमाईलो बजाज पल्सर NS 160 USD एक गतिशील बाईक हो जुन राईडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको हो ।

पल्सर NS 160 USD मा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको द्यक्ख्क्ष् इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर ल्क् ज्ञटण् ग्क्म् ले सबैको ध्यान आकर्षित गर्छ । साहसिक पल्सरNS 160 USD को उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता संग कुनै सीमा रहने छैन ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुबै पल्सर NS 160 USD र NS 200 USD मा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा तपाईंले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नुहुन्छ । यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ ।

यि दुबैमा ३३ एमएम Up Side Down front suspension र क्यानिस्टर सहितको Rear Nitrox Mono shock (यर नाइट्रोक्स मोनो शक) सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।

यसमा रहेको New Sporty Graphics (न्यु स्पोर्टि ग्राफिक्स) को स्लीक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ ।

अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्दछ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय रुपैयाँ र रु. ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...