Admission Open

पँवरिआ नाच सँरक्षणमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

काठमाडौं / लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को सँरक्षणको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच’ सङ्गोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ ।
प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख  प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न सो सङ्गोष्ठी कार्यक्रममा स्थानीय कलाकारहरुले पँवरिआ नृत्य प्रस्तुत गरे । सो नृत्य हेर्न स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सो नृत्यबारे कार्यपत्र प्रस्तुत गरे । उनले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकाश क्रम, अहिलेको अबस्थाबारे उल्लेख गरेका थिए । उनको कार्यपत्रमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै भाषा आयोग सदस्य मातृका पोखरेलले यस्तो लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पु¥याउन सुझाब दिए ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने मुस्लिम समुदाय भित्रको पँवरिआ जाति बिशेषको यो नृत्य जीवन यापनसँग जोडेर लैजान कठिनाइ भएकोले यो लोपोन्मुख अबस्थामा रहेको बताए । यसको खोज , अनुसन्धान , संरक्षण र प्रबर्द्धन  गर्ने उद्देश्यले  आफुहरुले  आदर्श कोतवाल गाउँपालिकामा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पारे ।
कार्यक्रममा प्रतिष्ठानको तर्फबाट कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले स्वागत मन्त्यब्य राख्दै कार्यक्रमको उदेश्यबारे प्रकाश पारे ।

स्थानीय कलाकारहरुले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकोले यसलाई सँरक्षण गर्नका लागि आयोजकसँग अपिल गरे । कार्यक्रममा बोल्दै अतिथिहरुले नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरि पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नु पर्नेमा भनाई राखे । सो कार्यक्रमको सहजीकरण जयप्रकाश लाल दासले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...