Admission Open

ad place

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत NEPALPAY QR ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध


काठमाण्डौं : बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु QR मा आबद्ध गरिनुले नेपालमा QR सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR सञ्चालनमा ल्याइएको हो । त्तच् स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त NEPALPAY QR  मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले NEPALPAY QR मा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत क्अबल ७ एबथ को सुविधा उपलब्ध रहेको छ ।

विभिन्न व्यावसायिक ग्राहकले NEPALPAY QR मा आबद्ध भई  QR बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा त्तच् स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक  QR इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा QR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । NEPALPAY QR बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले  QR scan गर्ने option मा गई NEPALPAY logo  रहेको यकिन गर्नुपर्ने हुन्छ ।

टिप्पणिहरु
Loading...