Admission Open

ad place

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

काठमाडौँ, २९ जेठ : पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षी इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा जोन हेगेलिनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई विश्वविद्यालयबीचको सम्झौतासँगै आधारभूत चेतना, शिक्षा र मानव जीवनमा व्याप्त युगौँ पुराना समस्या समाधान गर्न सक्रियरूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाइ धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्री प्रतिभालाई उजागर गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ । समझदारीपछि दुवै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवद्र्धन गर्नेछन् ।

यसका लागि सहकारी अनुसन्धान र शिक्षणमार्फत विद्यालय शिक्षा प्रवद्र्धन गर्न कार्यक्रम/परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रवद्र्धन गर्न गतिविधि विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी तथा बृहत् समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन/प्रशिक्षण गर्ने, शिक्षक, विद्यार्थी एवं कर्मचारी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमका लागि अन्वेषण तथा कार्य गरिनेछ ।

कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा अर्याल र रजिष्ट्रार प्रा डा दिपकबहादुर भण्डारी, नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष डा दीपकप्रकाश बाँस्कोटा, महर्षी इन्टरनेशनल युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा किंग्सले ब्रुक्स र डा चिन्तामणि योगीले आफ्ना धारणा राखेका थिए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...