Admission Open

हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं :  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ। बुधबार गरिएको सो सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...