Admission Open

श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं  : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले संघको  एक एनसिसिएक च्यरिटि परियोजना अन्तर्गत सुनकोशी गाउंपालिका वार्ड नं ३ कालिका सिन्धुपाल्चोक स्थित श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयलाई रु ३ लाख बराबर को २०० थान पोशाक  सेट विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री ईश्वर तामाङ,  उपाध्यक्ष सुनकोशी गाउँपालिकी श्री कान्छिमाया तामाड़ र प्रधानाध्यापक श्री केदार प्रसाद भण्डारीको उपस्थितिमा राष्ट्रिय समन्वय परिषद् रसियाका  अध्यक्ष श्री शिव मणि भुर्तेलले  २०० विद्यार्थीहरुलाई  हस्तान्तरण गर्नु भएको थियो ।

विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष श्री ईश्वर तामाङउपाध्यक्ष सुनकोशी गाउँपालिकाकी श्री कान्छिमाया तामाड़ र प्रधानाध्यापक श्री केदार प्रसाद भण्डारीले आफनो मन्तव्यको क्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियालाई हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै बधाई तथा शुभकामना आदान-प्रदान गर्दै आआफ्ना मन्तब्य राख्नु भएको थियो ।

राष्ट्रिय समन्वय परिषद् रसियाका  अध्यक्ष श्री शिब मणि भुर्तेलले आफ्नो मन्तव्य राख्दै संघले नेपालको शैक्षिक क्षेत्रमा स्थापनाकाल देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...