Admission Open

नवनिर्वाचित राष्ट्रपति पौडेलको पद तथा गोपनियताको शपथग्रहण र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ आज

काठमाडौं, २९ फागुन : संघीय गणतन्त्र नेपालको तेस्रो नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम आज रहेको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको छ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था भए पनि हाल प्रधानन्यायाधीश नभएकाले का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । राष्ट्रपतिको कार्यालय शितल निवासबाट प्राप्त जानकारी अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

त्यसैगरी पौडेलको शपथग्रहण पश्चात निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि बिदाइ हुनेछ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोनै आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग बिदाइ भेटघाट गरिसकेकी छन् ।

उक्त बिदाइ भेटघाटमा निवर्तमान राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्व, प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...