Admission Open

ad place

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार

काठमाडौँ, ११ फागुन : नेपाल राष्ट्र बंकले बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले बिहीबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २७ पैसा र बिक्री दर १३२ रूपैयाँ ८७ पैसा रहेको छ । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको मूल्य पुनः केही पैसा महंगिएको छ ।

त्यस्तै, आज युरो एकको खरिद मूल्य १४० रूपैयाँ ६३ पैसा र बिक्री मूल्य १४१रूपैयाँ २७ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९ रूपैयाँ ८५ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ २३ पैसा र बिक्रीदर ९० रूपैयाँ ६४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८५ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्री दर ३५ रूपैयाँ ४२ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७८ पैसा र बिक्री दर २९ रूपैयाँ ९२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

सम्रगमा बिहीबारको विदेशी मुद्रा विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...