Admission Open

अमेरिकी डलरको मूल्य फेरि उकालो : हेर्नुहोस् कारोबार कतिमा हुँदैछ

काठमाडौँ, ७ फागुन : साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा कायमै भएको छ ।

त्यस्तै, आज युरो एकको खरिद मूल्य १४० रूपैयाँ ६६ पैसा र बिक्री मूल्य १४१ रूपैयाँ ३० पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ २३ पैसा र बिक्रीदर ९० रूपैयाँ ६४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, आइतबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८५ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्री दर ३५ रूपैयाँ ४२ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८४ पैसा र बिक्री दर २९ रूपैयाँ ९७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, आइतबार कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९७ पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ २७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३१ पैसा राष्ट्र बैंकले तोकेको छ । सम्रगमा आजको विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...