Admission Open

नेपाली राष्ट्रिय फुटबल टिमको केन्द्र विन्दू अञ्जन


काठमाडौँ, १० फागुन : माल्दिभ्समा भएको पछिल्ला साफ च्याम्पियनसिप । त्यसको पनि बंगलादेशविरुद्धको लिग चरणको अन्तिम खेल । बराबरी अथवा जितमा नेपाल फाइनल पुग्ने समीकरण थियो । हारमा नेपाल प्रतियोगिताबाट बाहिरिने । यो त सबथोक गुमाउने अथवा पाउने अवस्था थियो । यही खेलमा नेपाल लामै समय एक गोलले पछाडि थियो । खेलले ८८ औं मिनेट छु“दा अञ्जन विष्टले पेनाल्टीबाट गोल गरे । नतिजा नेपाल ऐतिहासिक रूपमा फाइनल पुग्न सफल रह्यो ।

यही प्रतियोगिताको एक नायक खेलाडी हुन्, अञ्जन । नेपाली फुटबलका लागि कोही खेलाडीले यति तनावको स्थितिमा, यति महत्वको गोल अहिलेसम्म विरलैले मात्र गरेको होला । वर्ष ०७९ मा अञ्जनका लागि उम्दा रह्यो । चाहे त्यो घरेलु फुटबल होस अथवा अन्तर्राष्ट्रिय । त्यसैले त हो, उनी नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्दा त्यसमा मज्जाले परेको ।

मनोनयनमा पर्ने खेलाडीमा फुटबलका यी अञ्जनसँगै क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् । फेरि अञ्जनमै फर्कने हो भने उनीसँग एउटा अर्को प्रसंग जोड्न मिल्छ । जति बेला श्याम थापा प्रशिक्षकका रूपमा नेपाली फुटबलमा थिए, उनी भन्थे, नेपाली फुटबलका लागि लागि एउटा ठूलै स्टार चाहिन्छ । जति बेला अञ्जन नेपाली फुटबलमा सक्रिय भए, त्यति बेला ती लेजेन्डरी प्रशिक्षक भारत फर्किसकेका थिए ।

तर उनको भनाईको महत्व र सान्दर्भिकता अभैm उस्तै छ । के सन्दीप त्यसको उत्तर हुन सक्छन् त ? सम्भवतः सक्छन् र नेपाली फुटबल प्रेमीको इच्छा पनि त्यही हो । जति बेला नेपाली राष्ट्रिय टिमका दुई महत्वपूर्ण खेल किरण लिम्बू र राहित चन्दको खेल जीवन उत्तरार्धतर्फ अग्रसर छन्, त्यही बेला आप्mनो खेल जीवनको उत्कृर्षमा छन्, अञ्जन । यिनै अञ्जनलाई बढी भन्दा बढी मत दिएर पिपुल्स च्वाइस अवार्डको विजेता बनाउने जिम्मेवारी हो, आम फुटबल प्रेमीको ।

अञ्जनको अन्तर्राष्ट्रिय खेल जीवनलाई ठ्याक्कै दुई भागमा विभाजन गर्न सकिन्छ । जति बेला उनले नेपालका लागि खेल्न सुरु गरे, उनी अरू खेलाडी जस्तै सामान्य रहे । ठीक यही बेला उनको खेल जीवनमा एउटा ठूलो वज्रपात परेको थियो । उनी केही समयका लागि निलम्बनको स्थितिमा रहे । हामी यहाँ त्यसको कारण खोज्ने क्रममा छैनौं, बरू त्यसपछि उनको खेल जीवनमा आएको सकारात्मक परिवर्तन हो । अचेल उनलाई भेट्नु पर्छ, उनी आप्mनो खेल जीवनप्रति असाध्यै गम्भीर देखिन्छन् ।

अनि उनको व्यक्तिगत स्वभाव पनि शान्त र सौम्य रहने गरेको छ । अञ्जन औपचारिक कुराकानीमा बारम्बार भन्ने गर्छन्, ‘मैले आप्mनो जीवनमा ठूलो पाठ सिक्ने मौका पाएको छु । म सायद धेरै फेरिएको छु ।’ हो पनि । अहिलेसम्म अञ्जनले नेपालका लागि ११ गोल गरिसकेका छन् । अब उनी नेपाली फुटबलको त्यस ऐतिहासिक कीर्तिमानको निकै नजिक छन्, जसपछि उनी हुनेछन्, नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी ।
उनले अहिले जुन गतिले गोल गरिरहेका छन्, १३ गोल र त्यो भन्दा परको कीर्तिमान धेरै टाढा देखिन्न । यही समीकरणबीच अञ्जन नेपाली राष्ट्रिय फुटबल टिमको केन्द्र विन्दू भएका छन्, मुख्य खेलाडीका रूपमा । ठीक अहिले भने उनी भारतमा छन्, त्यहाँको आई–लिगमा खेल्ने क्रममा । मुम्बई केन्क्रेबाट खेलिरहेका छन् । अब अञ्जनका लागि विदेशी लिगमा खेल्न नपाएको गुनासो पनि रहने छैन् । अञ्जनलाई मन पराउनले सक्दो मत दिऔं ।

टिप्पणिहरु
Loading...