Admission Open

ओखति आयुर्वेदिक टुथपेस्ट बजारमा आउने

काठमाडौं : ओखति आयुर्वेदिक टुथपेस्ट बजारमा आउने भएको छ । ओखति कम्पनीले विभिन्न आयुर्वेदिक दैनिक उपभोग्य बस्तु उत्पादन गर्दै आएको छ ।

जयकाली जडीबुटी उद्योग प्रालीको गुणस्तरीय उत्पादन ओखति हो । ओखतिले नुहाउने सावुन, फेसवास, मसला जस्ता थुपै उत्पादन बजारमा ल्याएको छ । अब भने ओखतिको आयुर्वेदिक टुथपेस्ट पनि बजारमा आउने भएको हाे ।

ओखति कम्पनीले उत्पादनहरू मेडिकल ग्रेड र विषाक्तरहित सामग्रीहरू प्रयोग गरेर उत्पादन गर्ने गर्छ जसको कारण नेपाल र विदेशमा राम्रो माग रहेको छ ।

स्वास्थ्यको हिसाबले ओखतिको उत्पादक एकदमै लाभदायक मानिन्छ । किन भने ओखतिका उत्पादनमा हिमालय क्षेत्रका अर्गानिक जडीबुटी प्रयोग भएका हुन्छन् ।

टिप्पणिहरु
Loading...