Admission Open

मकाउमा छायांकन गरिएको ‘आफ्नै भए पनि ‘ भिडियो सार्वजनिक

काठमाडौँ : गायिका शारदा क्षेत्रीको आफ्नै भए पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुन् । उनले करिब ३ दशकदेखि काठमाडौँमा संगीतका कक्षाहरु लिँदै आएकी छिन् । सार्वजनिक गीत गायिका क्षेत्रीको लय एल्बममा समावेश छ । जसमा  ६ वटा गीतहरु छन् । शारदाका यसअघि अल्झिएर लड्न लाग्दा, घायल भावना, लगायतका गीतहरु चर्चित छन् । साहित्यकार कृष्ण अविरलका शब्द शृजनामा, संगीतकार तथा तबलाबादक जीवन राईको संगीत तथा एरेन्ज रहेको गीत रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको गीतले छाँयाका विषयमा बोलेको छ । जहाँ एक प्रेमील जोडीको प्रेम र विरहको गाथालाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा सन्दीप लामिछाने र सीता पौडेलको अभिनय देख्न सकिन्छ । सन्दीप र सीता वास्तविक जीवनकै जोडी हुन् । उनीहरुले आधा सपना नामक लघु चलचित्रसहित केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् । निर्देशक तुलाकै छायांकन र सम्पादन रहेको सार्वजनिक भिडियो वाइड स्क्रिन मिडियाबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र विरहले भरिएको यो भिडियो

टिप्पणिहरु
Loading...