Admission Open

ad place

राष्ट्रिय वाणिज्य बैंक आ.व.२०७९/०८० को अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

धुलिखेल : राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व. २०७९/०८० को अर्धवार्षिक प्रगति विवरणको दुई दिवशीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ ।

धुलिखेलस्थित हिमालय दृश्य रिसार्टमा सम्पन्न भएको उक्त गोष्ठीको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सरस्वती अधिकारीले गर्नु भएको थियो । उक्त गोष्ठीमा अधिकारीले स्वागत मन्तव्य पनि राख्नुभएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कूमार श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको समुद्घाटन गर्नुभएको थियो ।
उक्त गोष्ठीको सञ्चालन ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख श्री आनन्द सुवेदीले गर्नुभएको थियो ।

उक्त गोष्ठीमा बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रमुखहरु, २३ वटा विभागका विभागीय प्रमुखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त गोष्ठीमा समुद्घाटन मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कुरा बताउनूभएको थियो । साथै बैंकको मूख्य जिम्मेवारीमा रहनूभएका विभागीय प्रमूख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्णरुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनका लागि विशेष निर्देशन दिनू भयो ।

सहभागी प्रादेशिक प्रमूखहरु र विभागीय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गर्नु भएको थियो, उक्त प्रस्तुतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले जिज्ञाषा एवम् सुझावहरु राख्नुभएको थियो ।

गोष्ठीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नु पर्ने भूमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...