Admission Open

आज २ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कारोबार कतिमा हुदैछ ?

काठमाडौं, ८ माघ : नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।

तोलामा २ सयले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...