Admission Open

आज सुनको मूल्य घट्यो

काठमाडौं : सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...