Admission Open

आज सुन-चाँदीको मूल्य, कति छ ?

काठमाडौँ, २ माघ : नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढी रहेको छ । आइतबार तोलामा ११ सयले बढेको छापावाल सुन सोमबार पनि पुनः तोलामा २ सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँले बढेसँगै सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र सेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...