Admission Open

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैमा कारोबार

काठमाडौँ, १९ फागुन : साताको अन्तिम करोबार दिन सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ । शुक्रबार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटी आज छापावाल सनुको मूल्य प्रतितोला १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले बढी आज चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदी तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...