Admission Open

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक

काठमाडौं : पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् ।
यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहयोगी भूमिकामा एलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, विवेक हाङ्सरुम्बा र प्रकाश रम्तेल रहेका छन् । हाङ् चेम्जोङले निर्देशन गरेको यस भिडियोको छायांकन इशाक जबेगुले गरेका हुन् भने कोरियोग्राफि निङ्वा नेम्बाङ र श्रीङ्गार सोम मग्रान्तिले गरेका हुन् । भिडियो निर्माण भने गोमा देवी चेम्जोङ्ले गरेकी हुन् ।

भिडियो निर्देशक हाङ चेम्जोङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...