Admission Open

मंगलबार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचादीको मूल्य मंगलबार बढेको छ । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको हो । मंगलबार छापावाल सुन तोलामा ९ सयले बढेको छ ।

तोलामा ९ सयले बढेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...