Admission Open

ad place

नेकपा एसको पोलिटब्युरो बैठक आज बस्दै : सरकारमा जाने-नजाने विषयमा निर्णय गरिने

काठमाडौँ, १८ पौष : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न आज पोलिटब्युरो बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि शनिवार र आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने र नजाने बारे टुङ्गो नलगाएपछि पोलिटब्युरो बस्न थालेको हो । यस अघि बसेको स्थायी कमिटी बैठकमा तीन प्रकारका धारणा सार्वजनिक भएका छन् । जसमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारमा नजाने प्रस्ट कुरा गरेका छन् ।

पार्टी अध्यक्षसमेत रहेका माधव कुमार नेपालको टोली पर्ख र हेरको अवस्थामा छ भने मुकुन्द न्यौपानेको टोली सरकार वामपन्थी भएको भन्दै सहभागी हुनु पर्ने बताउँदैन आएको छ । आज बस्ने पोलिटब्युरो बैठकले पार्टी भित्र विभाजित भएका आवाजहरूलाई एकीकृत गरेर निष्कर्षमा पुग्ने नेताहरू बताउँछन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...