Admission Open

ad place

लौ अव यस्तो बन्ने भो सरकार : प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौँ, नेकपा एमाले, माओवादी, रास्वपा र नेकपा एस गरी जम्मा चार राजनीतिक दल मात्र मिलेर पनि नयाँ समीकरण बन्ने र सरकार गठन हुने विश्लेषण गर्न थालिएको छ । संसदमा नेकपा एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र नेकपा एस को १० सिट रहेको छ ।
पछिल्लो समय नेपाली काँग्रेससँग अविश्वास बढेपछि प्रचण्ड नयाँ समीकरण मिलाएर सरकार गठन गर्न कस्सिएको बुझिएको छ । यस विषयमा छलफल गर्न प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफलमा रहेको बुझिएको छ ।

नेकपा एमाले पनि प्रचण्डलाई प्रधानमन्त्री दिएर सरकार गठन गर्न तयार रहेको छ । त्यस्तो अवश्थामा नेकपा एसका अध्यक्ष माधब नेपाललाई सहमती गराएर र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलाउने हो भने सजिल्यै सरकार गठन हने कुरा सुनिन थालेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...