Admission Open

ad place

मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ: माधव नेपाल

काठमाडौँ, २० चैत्र : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरे ।

 हामीसँग भएका कुनै पनि अङ्ग तथा वस्तु दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गरे ।

उनले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका  लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नेपालले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

युवावर्ग सामाजिक कार्यमा क्रियाशील हुनपर्छ भन्ने सन्देश प्रवाह गर्न कम्युनिष्ट आन्दोलनका अन्तर्राष्ट्रिय तहका तत्कालीन नेता स्टालिनको स्मृतिमा रक्तदान गरिएको युवा सङ्घ नेपालका नेता तीर्थलाल श्रेष्ठले जानकारी दिए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...