Admission Open

शीतल कादम्बिनीको ‘सिन्का पाउँरु’लाई तमू वर्ष पुस्तक पुरस्कार

काठमाडौँ : शीतल कादम्बिनीद्वारा लिखित उपन्यास ‘सिन्का पाउँरु’ लाई यस वर्षको तमू वर्ष पुस्तक पुरस्कार दिईएको छ।

बिहीबार बसेको तमू ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्हाँ (बाघ वर्ग) मा प्रकाशित तमू स्रष्टाका १७३ पुस्तकमध्येबाट शीतल कादम्बिनीको ‘सिन्का पाउँरु’लाई यस वर्षको ‘तमू वर्ष पुस्तक पुरस्कार’ दिने निर्णय गरेको हो ।

गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि सुरु गरिएको यो पुरस्कार हरेक वर्ष तमू ल्होसारमा अर्पण गरिने तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्‌ले जनाएको छ ।

टिप्पणिहरु
Loading...