Admission Open

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशकाे कति ?

काठमाडाैं : नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैया ७२ पैसा रहेको छ ।

त्यस्तै, बुधबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५रुपैयाँ २८ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ २८ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८०पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ४८ पैसाँ र बिक्रीदर ४३३ रुपैया ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको मुद्रा विनिमय दर :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...