Admission Open

आजको विदेशी मुद्रा विनिमयदर, कतिमा हुँदैछ खरिद-बिक्री

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको मुद्रा विनिमयदर दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र विक्रिदर १३१ रुपैया ९४ पैसा रहेको छ । सोमबार भने अमेरिकी डलर स्थिर रहेको छ ।

त्यस्तै, सोमबार युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ २६पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७पैसा रहेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५रुपैयाँ ०९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३५रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १० रुपैयाँ १२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...