Admission Open

आज एकैदिन तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, १६ मंसिर : मंसिर महिना विवाहको लगन सिजन भएकाले पनि यस महिनामा सुनचाँदीको बढी कारोबार हुने गर्छ । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्य बढीरहेको छ । बिहीबार तोलामा ५ सयले बढेको छापावाल सुन शुक्रबार पनि फेरि तोलामा १ हजार रुपैयाँले बढेको हाे ।

आज तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन बजारमा ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

तोलामा १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...