Admission Open

नेपाल टेलिकमको बोनससहितको चाडपर्व अफर

काठमाडौं : नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर (Festivals Offer) उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरु कात्तिक ६ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (All Time)  प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी पहिलोपटक भोल्टी (VoLTE)सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय मिनेटको निःशुल्क Voice Over LTE (VoLTE)सेवा पनि उपलब्ध गराइएको छ ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले नेपाल टेलिकमको *1415#  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...