Admission Open

आज बढ्यो सुनचाँदीको मूल्य : हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौं, १ कात्तिक : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार तोलामा २ सय रुपैयाँले बढेको छापावाल सुन मंगलबार पनि पुनः तोलामा १ सय रुपैयाँले बढेको छ ।

तोलामा १ सय रुपैयाँले बढेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदी मंगलबार तोलामा २० रुपैयाँले बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...