Admission Open

ad place

भृकुटीमण्डपमा टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला हुने

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला हुने भएको छ । मेला असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्म संचालन हुने बताइएको छ । मेलामा NTORQ XP स्कुटर पनि रहने छ ।

एक्सचेन्ज मेलामा कुनै पनि कम्पनीको पुरानो तथा जुनसुकै मोडलको मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्मार्ट टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ । एक्सचेन्ज मेलामा पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकन गरिने पनि कम्पनीले जनाएको छ ।

मेलामा बजार मुल्यभन्दा ७ हजार रुपैयाँ बढी भ्यालुएसन गरिने, नकिन्दा १ लाख र किन्दा १० लाख रुपैयाँ सम्म जित्न सकिने मौका रहेको छ ।  ४ हजार २ सय ७७ रुपैयाँ मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने , २५ प्रतिशत डाउन पेमेन्टमा वाइक वा स्कुटर एक्सचेन्ज गर्न तथा किन्न सकिने, विभिन्न एसेसरिज पनि प्रदान गरिने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...