Admission Open

आजै प्रतितोला रु १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १३ असोज : नेपाली बजारमा सुनको मूल्य उकालो लागि रहेको छ । मंगलबार र बुधबार गरी तोलामा ६ सयले बढेको सुनको मूल्य बिहीबार भने एकैदिन तोलामा १२ सय रुपैयाँले बढेको हो ।

तोलामा १२ सय रुपैयाले बढेसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९२ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुनको मूल्य तोालाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, लगातार ओरालो लागेको चाँदीको मूल्य पनि आज उकालो लागेको छ । बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । तोलामा २५ रुपैयाँले बढेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोलाको ११सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोलाको ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...