Admission Open

फिलिपिन्सको मकाटीमा इम्पाएरको शाखा

काठमाडौं : इम्पाएर इन्टरनेशनल एजुकेसन एण्ड भिजा सर्भिसेसले सेवा विस्तारमा तिब्रता दिएको छ । यसैक्रममा इम्पाएरको नयाँ शाखा फिलिपिन्सको मकाटीमा सञ्चालनमा आएको फाउण्डर एवं सिइओ स्वतन्त्र प्रताप शाहले जानकारी दिए । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको इम्पाएरले फिलिपिन्स विद्यार्थीलाई लक्षित गरी सेवा विस्तार गरेको हो ।

एसियाली तथा दक्षिण पूर्वि एसियाली मुलुकबाट विदेश जान चाहने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको ब्रिसवेनमा सन् २००६ मा इम्पायर इन्टरनेसनलको स्थापना भएको हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्यतथ्य जानकारी प्रदान गर्दै उचित परामर्श दिने उद्देश्यले इम्पाएरको स्थापना गरिएको शाहले बताए । कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसएलगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई विभिन्न देशबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

इम्पाएरले ५ ओटा देशका विभिन्न सहरमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । अष्ट्रेलियाको ब्रिसवेन र सिड्नी, नेपालको काठमाडौंस्थित नयाँ बानेश्वर र पुलती सडकसहित पोखरा र बुटवल, भुटानको थिम्पूमा पनि इम्पाएरका कार्यालय छन् ।

‘विद्यार्थीको स्तर, क्षमता, रुची र दक्षताका आधारमा हामी परामर्श सेवा प्रदान गर्छौं । सही कलेज तथा युनिभर्सिटी र विषय छनोट गरी विदेश जाने विद्यार्थीलाई सहयोग गर्छौं,’ शाहले भने, ‘हामीले विद्यार्थीलाई अष्ट्रेलिया, युके, क्यानडा, युुएसए न्युजील्याण्डलगायतका देशका शिक्षा नीति तथा व्यवस्था सम्बन्धी जानकारी, फि स्टक्चर, कक्षा सञ्चालन, काम गर्ने अवस्था, कलेज तथा युनिभर्सिटी, देशको नीति नियम, वातावरणलगायतका विषयमा सत्य तथ्य जानकारी तथा परामर्श दिँदै आएका छौं ।’ विदेश जाने विद्यार्थीको रोजाइमा इम्पाएर पर्न सफल भएको शाहले बताए ।

टिप्पणिहरु
Loading...