काठमाडौं : नेपाली बजारमा नेपाल राष्ट्र बैंकले बिहीबारको विभिन्न मुलुकको मुद्रा बिनिमयदर विवरण सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार भदौ ३० गते विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर प्रकाशित गर्दै राष्ट्र बैंकले युएस डलर १ को बिक्रिदर १२७.४१ पैसा तोकेको छ भने युरो १ को १२७. ६३ पैसा तोकेको छ ।
त्यस्तै, आज सिंगापुरे डलर १ को विक्रिदर ९०.७८ , क्यानेडियन डलर १ को विक्रिदर ९६.७९ पैसा तोकेको छ । त्यसैगरी, चाइनिज युआन १८.३१ पैसा, साउदी रियाल ३३.८९ पैसा, कतारी रियाल ३४.६७ पैसा, थाइ भाट ३.४८, युएई दिराम ३४.६९ मलेसियन रिंगेट २८.१४ पैसा विक्रीदर रहेको छ ।