Admission Open

राँकुलीखोले आशिकबहादुर

लघुकथा


#दीपक निरौला

पहाडी भू–भाग भएपनि मधेश र पहाडलाई जोड्ने मध्यविन्दु थियो राँकुलीखोला दोभान । पल्टनबाट र भारतीय देशीकोमा पाखुरा बजारेर आएका झोला गह्रौं र हलौं भएका लाहुरेहरूको बसोबासस्थल थियो राँकुली दोभान । त्यही दोभानमा हुटेल थापेर आम्दानी गर्ने सोचले बलिया थामजत्रै तिघ्रा भएका थामतिघ्रे आशिक बहादुरले स्याउले झुप्रो हाले । मधेश–पहाड गर्ने अहिलेका ट्रकजस्तै त्यो बेला ढाकर र तोक्मामा सजिएका सयौंको संख्यामा भरियाहरू ओहोदर दोहोर गर्थे आशिक बहादुरको राँकुली दोभानबाट । चिया र जंगली मर्चेकेराबाट व्यवसाय सुरु गरेर विस्तारै नाम चलेका व्यापारी बन्दै गए आशिक बहादुर। विस्तारै दही , विभिन्न जातका केरादेखि लिएर डल्ली भैंसीको मोही समेतको व्यवसाय फस्टाउँदै गयो । बास परे ढाकर झोला विसाउने, नपरे २÷४ रुपैंयाको व्यापार गरिदिने बटुवाको बानी नै थियो आशिकबहादुरको हुटेलमा ।

राम्रै आम्दानी र इष्टमित्र बटुल्दै गरेका आशिक बहादुरको मनमा एकै पटक धनाढ्य बन्ने लोभ भनौं वा पाप पलायो । टाढा–टाढादेखि गन्त्व्य छोट्याउँदै आएका बटुवाको घाँटीमा धारिलो हतियार अनि, धनसम्पती आफ्नो कब्जामा र लास नजिकै निरन्तर बगिरहने पञ्चकोसीमा गायव बनाउन थाले । त्यस्तो कुकृत्य कर्मबाट उनलाई क्षणिक फलिफाप नै भयो । तर विश्वासको भरमा रात कटाउन आएका दर्जनौं अचिनारु बटुवा आशिक बहादुरको हातबाट अनाहकमा ज्यान गुमाउन पुगे ।

ऊ बेलाको समयमा सञ्चारको सुविधा केही थिएन । सुस्त गतिको हुलाक सेवा सुस्ताउँदै परदेशीका पुराना खबर पु¥याउन वर्षौं लगाउँथ्यो । दशैंमा घर आउने र मृत्युको खबर अघिपछि गरेर एकैदिन आफन्तकोमा पुग्थ्यो । कसको विश्वास गर्ने आफन्तले ?

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...