Admission Open

काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभा : ‘बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ’ : रवि लामिछाने

काठमाडौं, ११ भदौ : रवि लामिछानेले नेतृत्व गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँको खुल्ला मञ्चमा उपत्यका भेला नाम दिएर आमसभाको आयोजना गरेको छ । सभामा उपस्थितमध्येबाटै केही भर्खरका विद्यार्थीदेखि बृद्धहरुलाई पनि मन्तव्य राख्ने अवशर दिईएको थियो भने कृषि विशेषज्ञ मदन राई लगायत केही अन्य व्यक्तिले पनि बोलेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुले पनि आफ्नो मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कही ठूला पार्टीका नेताहरुको नामै लिएर भने, अव यी बाहरुलाई जसरी पनि हराउनु पर्छ ।

त्यस्तै पछाडि बा भएकाहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु बालेन साहहरु अगाडि आईसकेको बताए ।

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।
त्यस्तै मन्तव्यको क्रममा कृषि विशेषज्ञ मदन राईले जनता धेरै पटक जागेको र जनता जागेको र आन्दोलनमा उत्रीएपछि धेरै परिवर्तन भएको उल्लेख ।

त्यसैगरी खुला मञ्चमाको सभामा बोल्दै लामिछानेले कोरोना कालमा औषधीमा पनि भ्रष्टाचार गरेको प्रसङ्गमा ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर घुमेर हान्नुपर्ने त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भन्ने अभिव्यक्ति दिएको बताए । उनले औषधीमा पनि कमिसन खाएपछि आफूले बाध्य भएर सो अभिव्यक्ति दिएको बताए ।

अव मङ्सिर ४ गते लाज पचेका नकचराहरूलाई भोट नदिएर बिदा गर्नुपर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...