Admission Open

नोभेल एकेडेमी पोखरालाई उत्कृष्ट बिजनेश स्कुल अवार्ड

पोखरा : नोभेल एकेडेमी पोखराले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट बिजनेश कलेजको अवार्ड प्राप्त गरेको छ । न्यु बिजनेश एजको आयोजनामा गरिएको कार्यक्रममा एकेडेमीलाई सम्मान प्रदान गरिएको हो ।

अवार्डले आफूहरुलाई थप प्रेरणा तथा हौसला मिलेको एकेडेमीका संस्थापक अध्यक्ष बिशेश्वर आचार्यले बताए । आगामी दिनमा अझै बढी जिम्मेवारी बहन गर्दै समय सुहाउँदो गुणात्मक शिक्षा प्रदान गरि दक्ष जनशक्ति निर्माणमा  निरन्तर अगाडि बढ्ने आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले नोभेल एकेडेमीको टिम, सम्पूर्ण प्राध्यापकहरु, विद्यार्थी, अभिभावक, कर्पोरेट हाउस तथा शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

टिप्पणिहरु
Loading...