Admission Open

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न


कमला तामाङ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आइतवार पवित्र नगर चम्पससरी सिलगढीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष लतिका जोशीले नव निर्वाचित अध्यक्ष डा. जीवन राणालाई पद हस्तान्तरण गर्नु भएको हो । उहाँले  अध्यक्ष राणालगायत सबै पदाधिकारिहरूलाई खादा  र माला लगाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा सहित्यकार मुक्ति बरालले निवर्तमान अध्यक्ष जोशीको सुखद् कार्यकालको स्मरणगर्दै उल्लेख्य साहित्यिक गतिविधिको प्रसंसा पनि गर्नु भयो ।

नवनिर्वाचित उपाध्यक्ष ललिता जोशीले नव निर्वाचित पदाधिकारीहरूलाई बधाईदिँदै पूर्व अध्यक्षको कार्यकालमा संस्थालाई वरिष्ठ साहित्यकारहरूमाझ परिचित गराउने कार्यक्रम गर्न सकेकोका धन्यवाद ज्ञापन गर्नुभयो ।
जोशीको कार्यकालमा कृति प्रकाशनका साथै अनेसास एशिया च्याप्टर सम्मेलनको आयोजना  गरिएको थियो ।
कार्यक्रममा नीता तामाङ,  उषा नन्दी,  लीला क्षेत्री, डा. कृष्णराज घतानी, अनेसास अध्यक्ष डा जीवन राणालगायतले मन्तव्य राख्नुभएको थियो ।

टिप्पणिहरु
Loading...