Admission Open

डायमण्ड माविले करियर सिम्पोजियम-२०२२ गर्ने

सुमन जिसी /लेखनाथ : पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड माविले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि करियर सिम्पोजियम-२०२२ गर्ने भएको छ ।

होटल व्यवस्थापन तथा आतिथ्य र व्यवस्थापन क्षेत्रमा भविष्यको खोजीमा रहेका तर, भ्रममा रहेका विद्यार्थीहरुको भ्रम चिर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित विषयका दक्ष व्यक्तित्वबाट कार्यक्रममा प्रस्तुति रहनेसमेत आयोजकले जानकारी गराएको छ । कार्यक्रमको मुख्य उद्देश्य हस्पिटालिटी र म्यानेजमेन्ट क्षेत्रमा रुची राख्ने विद्यार्थीहरूको जिज्ञासालाई समेट्नु र आतिथ्य क्षेत्र (होटेल व्यवस्थापन) मा करियरको अवसरको बारेमा विद्यार्थीहरूको भ्रमलाई स्पष्ट पार्नु रहेकोे विद्यालयका प्राचार्य यमबहादुर रोकाले जानकारी दिए ।

उक्त अवसरको सदुपयोग गर्न र लाभ लिनका लागि इच्छुक विद्यार्थीहरूलाई अनुरोध गरिएको छ । कार्यक्रम असार ३१ गते बिहान ११ बजे तालचोकको सेभेन वन्डर रिसोर्टमा हुने आयोजकले जानकारी दिएको छ ।

टिप्पणिहरु
Loading...