
काठमाडौं : साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजिनामा दिए पछि घट्न शुरु भएको नेप्से आज पनि घटेको हो ।
आज नेप्से ३४ दशमलव ७१ अंकले घटेर १ हजार ९९२ दशमलव ६१ बिन्दुमा बन्द भएको छ । आज बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य बढेको छ । आज कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।
आज व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेका छन् भने शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ।
त्यस्तै, बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ४७, होटल तथा पर्यटन ८४, जलविद्युत् ५९, जीवन बीमा १९३, उत्पादन १२२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा ८९, अन्य २७ र ब्यापार उपसमूह ६५ अंकले घटेको छ ।

			
				
