Admission Open

अनेसास न्यूह्यामसायरमा भानुजयन्ती,  सम्मान र कृति परिचर्चा


ईश्वरी भट्ट : अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन  एक समारोहका बिच २०९ औ भानु जयन्ती मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका सा‍थै  स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख साहित्यकार गोवर्द्धन पूजाले आदिकविको भाषिक र साहित्यिक देनका बारेमा चर्चागर्दै आदिकविकै कारण नेपाली भाषाले  राष्ट्रिय भाषाको मान्यता पाएको र आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यही भाषाको सूत्रमा नेपाली मनहरूलाई जोडने अनियान चलाएको बताए । उनले शास्त्रीय संगीतका अग्रणी स्रष्टा प्रभुराज ढकाललाई सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नुका साथै साहित्यकार महेश्वर पन्तका वारेका मन्तव्त राखे ।

कार्यक्रममा साहित्यकार  लालगोपाल सुवेदीले आदिकवि आचार्यको व्यक्तित्व र कृतित्व माथि प्रकाश पारे । उनले महेश्वर पन्तको उपन्यास”बौलाको डायरी” माथि पनि टिप्पणी राख्दै पन्तको लेखन यात्रा अत्यान्तै उत्साहपूर्ण र प्रसंशायोग्य रहेको बताए ।

अनेसासका सचिव विमला निरौलाले सम्मानित व्यक्तित्व ढकाल र उपन्यासकार पन्तलाई बधाई दिँदै अनेसासमा सही व्यक्तिको छनोट गर्ने जिम्मा आजीवन सदस्यहरूको हातमा आएको बताइन् । महासचिवको उम्मेद्वारी दिएकी निरौलाले अनेसासको सचिवमा बसेर बटुलेको अनुभवलाई आगामी दिनमा अनेसासकै राम्रो कार्यमा लगाउने बताएन् ।
भानुभक्तको फोटोमा माल्यार्पणसंगै सुरू भएको कार्यक्रममा प्रधान संपादक ईश्वरी भट्टले स्वागत गरेका थिए भने  महेश्वर पन्तले आफ्ना लेखाइ र समसामयिक विषयहरूमा भनाइ राखेका थिए ।

सम्मानित व्यक्तित्व प्रभुराज ‍ढकालले सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै आफ्ना सांगीतिक कोसेली पस्केका थिए ।
च्याप्टरका अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख  अनेसास बोष्टनको अध्यक्ष दीपा राई पुन , अनुशाह, अनेसासका पूर्व केन्द्रीय सदस्य अग्नि पराजुली, सिर्जना शर्मा, मोहन निरौला, प्रेमसागर खतिवडा, माधव गुरूङ, लव अधिकारी, दीक्षा थापा,  पत्रकार प्रभात भट्टराई, मैया ढुंगाना, खड्ग गुरूङ, एनएचएनसीका भेषराज शर्मा, कृष्ण चापागाईं, रिता चापागाईं, शारदा भट्टलगाएतका साहित्यकार, अनेसासका आजीवन सदस्य एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सिर्जना वाचन गर्नुका साथै सहभागिता जनाएका थिए ।

च्याप्टरका सचिव नन्द शर्माद्वारा संचालित उक्त कार्यक्रमको सभापन सभापति हरिमाया अधिकारीद्वारा गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...