Admission Open

काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुल २५ औं वर्षमा प्रवेश

काठमाडौं : काठमाडौंको कोटेश्वरमा रहेको काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । २५ वर्ष अगाडी “काठमाडौं डन बस्को उच्च मा।बि।” को नामबाट विद्यालय स्थापना भएको थियो । विद्यालयमा १ देखि १२ सम्मका कक्षा संचालन हुँदै आइरहेका छन् ।

विद्यालय सफल भएर अहिलेको अवस्थामा आउनुमा सम्पूर्ण अभिभावक, विद्यार्थी, कर्मचारी र विद्यालय परिवारको महत्वपुर्ण योगदान रहेको विद्यालयका प्रिन्सिपल रञ्जित थापाले बताए । वार्षिकोत्सवको अवसरमा उनले सम्पूर्णमा बधाई, धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
रजत जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रम विद्यालयले आयोजना गरेको छ ।

एसइइ दिएर बसेका विद्यार्थीलाई कलेजका वारेमा जानकारी लिन र बिशेष छात्रवृत्तिको अवसर नगुमाउन कलेजले आग्रह गरेको छ । विज्ञान र व्यवस्थापन संकाय अध्ययन गर्न सक्नेछन् । विद्यालयमा प्लस टुमा २५ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने बताईएको छ ।

टिप्पणिहरु
Loading...